Logo

‘भदौमा महासमिति बैठक अनिश्चित’ : लेखक



विराटनगर, ७ साउन / नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित छैन भन्नुभयो ।

लेखकले चिकित्सा शिक्षा सम्बन्धमा माथेमा आयोगले तयार गरेको प्रतिवेदनको आधार बनेको अध्यादेश प्रस्तुत भइसकेकाले अब वर्तमान सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने कारण स्पष्ट गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता लेखकले स्वास्थ्यमा नागरिकको पहुँच हुने किसिमको चिकित्सा शिक्षा विधेयक ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्