Logo

बैदेशिक रोजगारमा जाने नेपालिको मृत्युको कारण बढदै



काठमाडौँ,८ साउन । वैदेशिक रोदगारी आज जोकोहि नेपालिको बाध्यता बनेको छ । देशभित्रै रोजगारका वातावरण प्रचुर मात्रामा उप्लब्ध नहुदा युवावर्गको बिदेशिने रहर नभई वाध्यता दिनानु दिन बढ्दै गएको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनले देखाएको छ । बिशेषगरि रोजगारको शिलशिलामा खाडि मुलुकमा जाने नेपालि कामदारहरुको धेरै मृत्युको दरपनि बढदै गएकोपनि बोर्डले प्रष्ट पारेको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आर्थीक बर्षकोको तुलनामा गत वैदेशिक रोजगारका क्रममा मृत्यु हुनेको संख्या ४६ जना बढी भएको जानकारी गराएको छ ।बोर्डका अनुसार अघिल्लो आवमा मृत्यु हुनेको संख्या ७७५ थियो भने गत आवमा ८२१ पुगेको थियो ।

विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र अन्य देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको हुनसक्ने् प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले जानकारी गराईन।

“पहिलेको तुलनामा यो वर्ष कसरी बैदेशिक रोजगारको मृत्युको संख्या बढदै र्गैरहेको छ भन्नेकुरा, अनुसन्धानबाट नतिजा प्राप्त भएपछिमात्र जानकारी गराउने जानकारी उनले दिएकि छन ।



प्रतिक्रिया दिनुहोस्