Logo

नेपाली महिलालाई अमेरीकामा गोली प्रहार



काठमाडौँ,९ असार । अमेरिकाको एटोका शहरमा रहेको पेट्रोल पम्प नजिकै नेपाली युबतिमाथि अन्धाधुन्ध गोली प्रहार गर्ने१८ वर्षीय जिमुन टेज हिल नामक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालको गोरखा घर भएकी रचना श्रेष्ठमाथि ति युवतकले गोली चलाएका हुन।

युवतीमाथि गोली प्रहार व्यक्तिगत वा के कति कारणले अन्धाधुन्ध गोलि प्रहार गरेका हुन त्यो भने खुलाएको छैन ।यो भन्दा पहिला उनका नाममा कुनै अपराधको रेकर्ड नभेटिएकोले उनि केहिसमय एतामात्रै अपराधिक क्रियाकलापमाको संसारमा संलग्न भएको पहरीअधिकारीहरुले बताएका छन ।गत सोमबार ह्यान्डी मार्ट नामक पेट्रोल पम्प नजिकै रहेकी नेपाली युवतीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो।

गम्भिर घाइते श्रेष्ठको अहिले नजिकै रहेको सेन्ट फ्रान्सिस अस्पतालमा उपचार गराईरहेकि छिन ।शरीरका विभिन्न भागमा ८ वटा गोली लागेकाले उनको अवस्था गम्भिर रहेको पारिवारीक स्रोतले जानकारी गराएको छ। आक्रमणमा प्रयोग भएको हतियार सहित जिमुन टेज हिललाई प्रहरीले रेष्टुरेन्टबाट पक्राउगरि अनुसन्धान अगाडी बढाएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्