Logo

जर्मनीमा नेपाली साहित्य उत्सव सम्पन्न



काठमाडौँ, ९ साउन । गैरअवासीय नेपाली संघ जर्मनी र क्षेत्रिय समन्वय परिषद् हेसनले ‘प्रवासमा नेपाली साहित्य उत्सव २०१८’ सम्पन्न गरेको छ ।

फ्रान्कफर्टमा आयोजित उक्त साहित्यीक कार्यक्रममा नेपालबाट साहित्यकारद्धय डा। रबिन्द्र समिर र अमर न्यौपानेसँग एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेको अन्तरक्रिया कार्यक्रममा नेपालीको बाक्लो उपस्थिती रहेको थियो ।

संघका अध्यक्ष विजय मोक्तानको सभापतित्व रहेको उक्त कार्यक्रममा समिक्षा र प्रतिक्षा पोखरेलले गरेको स्वागत नृत्यले सबैको मन जितेको थियो ।

कार्यक्रमका सभापति मोक्तानले सम्मानित जिवा लामिछाने साहित्यकारद्धय डा। रबिन्द्र समिर, अमर न्यौपाने तथा राजेश आर्चायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रमको सभापतित्व गर्न पाउँदा गौरवान्तित भएको महसुस गरेको पनि बताएका छन् ।
अध्यक्ष मोक्तानले कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यप्रेमी, एनआएनए जर्मनीका पूर्व र बर्तमान कमिटीका सम्पूर्ण पदाधिकारी, एलसीसी हेसनका सहयोगी साथीहरु तथा सम्पूर्ण दाताहरुमा धन्यवाद सहित हार्दिक आभार व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्