Logo

ज्यानको मुल्य तिरेर घर फर्कीएको एउटा जिवन



काठमाडौँ, १० साउन । आफुले बुझाउनुपर्ने ब्लडमनिको रकम बुझाए पछि चितवनका टोपबहादुर बिक स्वदेश फर्किर्एका छन । खैरेनि चितवनका बिकले बुझाउनुपर्ने ब्लडमनिको रकम युएईको अलऐन अदालतमा आईतबार बुझाएर नेपाल फर्कीएको युएईका लागी कार्यवाहक राजदुत सागर प्रसाद फुयालले जानकारी गराएका छन ।

अदालत समक्ष उनले १लाख दिराम अथवा ३० लाख रूपैया मध्ये अन्य जरिवाना ७२ हजार ८ सय दिराम युएईमा रहेका बिभिन्न निकायसंगको आग्रहमा मिनाह गराईएको राजदुत फुयाले जनाएका छन ।

राजदुतका अनुुु्सार टोपबहादुर अब फेरिपनि युएई चाहेमा आउन अपाउने गरि आवश्वक कागजी प्रक्रिया पुरा गरि नेपाल फर्कीएको जनाईएको छ ।
उनको नेपाल फर्कने प्रबन्ध युएईमा रहेको बिश्वकर्मा समाज टिकटको ब्यवस्था मिलाईदिएको थियो ।

टोपबहादुर बुधबार बिहान ३ बजे हिमालयन एयरलाईन्स मार्फत स्वदेश फर्किएका छन। बिकलाई टिकटको व्यबस्था करिब ६ महिनादेखी बिकको खाने बस्ने व्यावस्था एनआरएन युएईले नै गर्दे आएको थियो ।

बिकको उद्दारको पहलकालागी एनआरएनए युएईले ‘टोपबहादुर बचाउ’ अभियान नै संचालनमा ल्याएको थियो ।त्यहि अभियान मार्फत उनले १ लाख दिराम जम्मा गरि दुतावासलाई बुझाएका थिए। उनि नेपाल फर्कन सहयोग गर्ने अभियानलाई एनआरएन युएईले कदरपत्र प्रदान
प्रदान गरिएकोपनि जानकारीमा आएको छ

करिब चार बर्ष अघि कार्यस्थलमा भएको दुर्घटनामा परेर दुई जना थाई नागरिकको मृत्यु भएपछि बिक सहित एक पाकिस्तानी नागरिकलाईपनि दोषि ठहर गर्दै अदालतले ब्डमनि भुक्तानको सजाय सुनाएको थियो।दुर्घटना समयमा बिक क्रेन अपरेटरको हेल्परको रूपमा काम गर्दे आएका थिए। क्रेनको बकेट खसेर थाईल्याण्डका दुई नागरिकको मृत्यु भएको थियो।

बिक युएई गएको ९ बर्ष पुरा भएपनि बिचमा नेपाल आएर फर्कीएको जनाईएको छ । पछिल्लो पटक ६ बर्ष अगाडि नेपाल आएका थिए । आफुलाई नेपाल फर्काउन सहयोगगर्ने सबैमा धन्यवाद दिदै उनि नेपाल फर्कीएका थिए । घर फर्कने खवरबाट हर्सीत परिवारका सदश्य उनलाई लिन त्रिभुवन बिमानस्थलमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्