Logo

जापान जनसम्पर्क समितिद्धारा सरकारको ध्यानाकर्षण



काठमाडौँ, १० साउन । नेपाल जापान जनसम्पर्क समितिले अहिलेको सरकारले नागरिकका आधारभूत आवश्यकता परिपूर्ती नगरी देशमा अधिनायकवादी चरित्र प्रदर्शन गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका छ ।

. स्वाथ्यका क्षेत्रमा व्याप्त रहेको बिकृति र विसंगति हटाउन डा। गोविन्द केसीले गरेको अनशनप्रति सरकारले बेवास्ता गरेर देशमा अधिनायकवादको अभ्यास गरेकोभन्दै गोविन्द केसीको अनशनप्रति ऐक्यवद्धता जनाएको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा राज्यले हस्तक्षेप गरी नागरिकको स्वतन्त्राको अधिकारलाई कुन्ठित गरेकोले समितीले सरकारको ध्यानाकर्षण गरेको छ । जनताले शान्तिपूर्ण रुपमा आफ्नो विचारहरु राख्न पाउने अधिकारप्रति पनि सरकारले धावा बोलेको समितिको निर्णय रहेको जनाईएको छ ।

उक्त समितिका सभापति लालबहादुर केसी रोशनले जारी गरेको विज्ञप्तिमा सरकारले जनताको चाहानालाई नसुनेर, नागरिकको पक्षमा काम नगरेकोपनि बताएको छ । निर्वाचन अघि भनिएजस्तै समृद्ध नेपालक निर्माणको अभियान थाल्न जनताको पक्षमा काम गरेर देखाउन सरकारलाई आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्