Logo

दिलबहादुर घर्ती बचाउन मलेसियाबाट सहयोग



काठमाडौं, ११ साउन । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन मलेसियाबाट एक लाख रकम संकलन भएको छ ।

रोल्पा घर भई मलेसियामा रहेका पृथ्वीप्रसाद रानामगरको पहलमा संकलित एक लाख चार सय ५५ रुपैयाँ ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण समेत गरिएको छ ।

‘दिलबहादुरको जीवन रक्षाका लागि हामीले सहयोग अभियान जारी राखेका छौँ । यसैक्रममा मलेसियाबाट थप एक लाख रकम अभियान मूल समितिलाई प्राप्त भएको छ,’ अभियान मूल समितिका संयोजक दिपेश पुनले भने, ‘म आर्थिक सहयोग गर्ने सबै सबै साथीहरुलाई समितिको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ मलेसियाबाट यसअघि पनि तीन लाख भन्दा बढी रकम मूल समितिलाई हस्तान्तरण गरिसकेको छ ।

संयोजक पुनले दिलबहादुरको जीवन रक्षाका लागि ओमनबाट हेमराज चलाउनेको पहलमा १८ हजार चार सय ४१, कतारबाट कविराम बानियाँको पहलमा १२ हजार सात सय १५ रुपैया, दुवैमा रहेका कमल महरले ३१ हजार दुई सय ५६, जोर्डनमा रहेका गोविन्द पुनले १५ हजार १८, साउदीमा रहेका गणेश रोका र प्रशान्त रोकाले १० हजार नौ सय ९८, दलप्रसाद विकले १६ हजार आठ सय ११ रुपैया मूल समितिमा आईपुगेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्