Logo

तामाङ सोसाइटी एन–एस–डब्ल्यू सिड्नीको अध्यक्षमा सुनदोर्जेको चयन



काठमाडौँ, ११ साउन । सुनदोर्जे तामाङको अध्यक्षतामा तामाङ सोसाइटी एन–एस–डब्ल्यू सिड्नी नयाँ कार्य समिति पनि चयन भएको छ ।तामाङ सोसाइटी एन–एस–डब्ल्यू सिड्नीको अध्यक्षमा सुनदोर्जे तामाङ दशौं वार्षिक साधारणसभा मार्फत उनी सर्वसम्मत रूपमा चयन भएका छन ।
सिडनीको ओवनमा सम्पन्न भएको समाजको साधारणसभामा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका वरिष्ठ सल्लाहकार अरुण तामाङले कार्यक्रमको उदधाटन गरेका थिए ।

संस्थाका निवर्तमान महासचिव किशोर तामाङ रहेका छन भने उपाध्यक्षमा सरस्वतीतामाङ, किशोर तामाङ र अनिल तामाङ, महासचिवमा अविरल तामाङ, सचिवमा विशाल तामाङ, कोषाध्यक्षमा अनिल तामाङ, सह–कोषाध्यक्षमा प्रवीण तामाङ, सांस्कृतिक संयोजकमा कमल तामाङ र रश्मि तामाङ र युवा संयोजकमा योजन्जी तामाङलाई सर्वसम्मतले निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष सुन दोर्जे तामाङले संस्थालाई नयाँ गति र नयाँ कार्यक्रमहरूका साथ सिडनीमा रहेका सबै तामाङहरूलाई समावेश गर्न सकिने किसिमले अगाडि बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरेका छन ।

तामाङ सोसाइटी एन–एस–डब्ल्यू सिड्नीले विगत १० वर्ष देखी सिडनीमाहरेक वर्ष बृहत ल्होछार कार्यक्रमको आयोजना गर्ने, विभिन्न तामाङ सम्बन्धि संरक्षण र प्रबर्धनका कार्यक्रमहरू गर्ने, सम्मान तथा नयाँ विद्यार्थीहरूलाई सूचना प्रदान गर्ने, विभिन्न सहयोग गर्ने लगायतका प्रवासमा तामाङ हितको कार्य गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्