Logo

नेपाल–अमेरिका पत्रकार संघमा नयाँ कार्यसमिति



काठमाडौैँ , १२ साउन । अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था ‘नेपाल अमेरिका पत्रकार संघ’ नेजामा सुदीपराज पन्तको अध्यक्षतामा नया“ कार्यसमितिको चयन सम्पन्न भएको छ । नेजाको छैटौं अधिबेशनको रुपमा अमेरिकाको वासिङ्टनको सियाटल शहरमा गत आइतबार भएको अधिवेशनमा २ वर्षका लागि नया“ कार्यसमिति चयन गरिएको छ।

पन्तको नेतृत्व रहेको कार्यसमितिमा उपाध्यक्ष विकासराज न्यौपाने, महासचिब किरणबाबु मरहठ्ठा, सचिब सुरज भण्डारी र कोषाध्यक्षमा मच्छेदेबी गुरुङ निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय संयोजकहरुमा पूर्व क्षेत्रबाट कल्पना घिमिरे, डिसि भर्जिनिया मेट्रो क्षेत्रबाट लीलादेबी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुल प्रसाद ढकाल चुनिएका छन् ।

सदस्यहरुमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल छन् । अधिवेशनले सिङ्गो कार्यसमितिलाई नै निविरोध निर्वाचित गरेको हो । नया“ कार्यसमितिमा सक्रिय रुपमा पत्रकारितामा आवद्ध पत्रकारहरु चुनिएकाले नेजाको भविश्य उज्वल रहेको बरिष्ठ पत्रकार तारा बरालले बताए ।
अमेरिकामा रहेका नेपाली पत्रकारलाई संगठित गर्ने उदेश्यले सन् २००७ मा नेजाको स्थापना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्