प्रचण्डको दिल्ली दौड प्रधानमन्त्री बन्नका लागि, यस्तो छ रहस्य


भदौ २२, काठमाण्डौ । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आजदेखि भेटवार्ता गर्दैछन् । चारदिने भ्रमणका लागि हिजो भारत प्रस्थानद गर्दा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर कुराकानी गर्ने दाहालले बताएका थिए ।

तर उनको भ्रमणको लक्ष्य व्यक्तिगत रणनीति तयग गर्नु पनि हो । दाहालले आज शुक्रबारबाट राजनीतिक भेटघाट थाल्नेछन् ।
आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको तयारी गरेका दाहालले शनिबार सोही समयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

आफ्नो भ्रमण राजनीतिक नभएको दाहालले दावी गरे पनि आफू प्रधानमन्त्री बन्नका लागि दौडधुप सुरु गरेको कतिपयको विश्लेषण छ । मोदीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका दाहालले राजनीतिका भेटघाटलाई प्राथमिकतामा राखेका छन् ।

भारतमा मोदी फेरी पनि प्रधानमन्त्री बन्ने सम्भावना भएकाले दाहालले मोदीलाई प्राथमिकतामा राखेका हुन् । आफ प्रधानमन्त्री बन्दासम्म मोदी पनि भारतको प्रधानमन्त्री भइरहने अनुमान दाहालले गरेका छन् ।