कलाकार देशको गहना, तर देशभक्त खनालको यस्तो चाला


भदौ २७, काठमाण्डौ । फेसबुकमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ ।

केहीदिन अघि वरिष्ठ कलाकार देशभक्त खनालले कलाकार संघका अध्यक्ष विरुद्ध फेसबुकमा स्टेटस लेखेका थिए । उक्त स्टेटसका कारण अध्यक्ष बोगटी सहित केही कलाकार प्रहरीसम्म पनि पुगे पनि प्रहरीले साइबर क्राइम नभएको भन्दै उजुरी लिएको थिएन ।

खनालले लेखेका थिए -‘कलाकार संघका राम केशर बोगटी जग्गा दलाल मात्र हाइन भू माफिया र भयानक ठग पनि हो, यस्ता ठगहरू नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष जस्तो गरिमामय पदमा एक मिनेट पनि बस्न सुहाउँदैन।’

तर खनाललाई मंगलबार बिहान पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । स्रोतका अनुसार बोगटी र खनालबीच जग्गा विवाद थियो ।