ऋषि धमलाको ‘अनुराग’ हेर्न सिपी मैनाली हलमा

0
Shares

काठमाडौं, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सिपी मैनाली पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ हेर्न सिटी सेन्टरस्थित् बिग मुभिज पुगेका छन् ।

महासचिव मैनालीले बजारमा अनुरागको चर्चा तथा परिचर्चा निकै रहेकाले आफू टिकट काटेरै फिल्म हेर्न आएको संक्षिप्त प्रतिक्रिया दिएका थिए । फिल्म राम्रो बनेको र ऋषि धमलाले वाहवाही पाएको भन्दै उनले धमला बधाईको पात्र भएको समेत बताए ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

RELATED NEWS:

https://reportersnepal.com/2018/09/275640.html