काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले दशैँको टीका लगाएका छन्।
उनले आफूले टीका ग्रहण गर्नुका साथै आफन्त तथा मान्यजनलाई पनि टीका लगाइदिएका छन्।

विजयादशमीका अवसरमा धमलाले परिवार तथा आफन्तसँग टीका, जमरा र आशीर्वाद साटासाट गर्दै दशैँ मनाएका हुन्।
नेपालीहरूको महान् पर्व बडादशैँमा मान्यजनबाट टीका र आशीर्वाद लिने तथा आफूभन्दा सानालाई टीका लगाइदिएर आशीर्वाद दिने परम्परा छ।





प्रतिक्रिया