Logo

निर्मलाको बलात्कारपछि हत्या : कञ्चनपुरमा फेरि आन्दोलन सुरु



कञ्चनपुर, १५ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना वितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ ।

सरकारले घटनामा संलग्न व्यक्ति पक्राउ गरी कारवाही गर्न नसकेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । घटनाबारे निष्पक्ष छानबिन गरी अपराधी सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले आज कञ्चनपुरका शैक्षिक संस्था बन्द आह्वान गरेको छ ।

नेवि संघले सुदूरपश्चिम विश्वविद्यालयबाट विरोध र्‍यालीसमेत निकालेको छ । निर्मलाको न्यायका लागि आफूहरुले विरोध र दवावका कार्यक्रमलाई निरन्तरता दिने नेवि संघ कञ्चनपुरका जिल्ला सदस्य किशोरप्रसाद जोशीले बताए ।



प्रतिक्रिया दिनुहोस्