निर्मला पन्त बलात्कार हत्याको प्रतिबेदन जनतासामु राख्नुपर्ने केसीको माग


म्याग्दी, १५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त बलात्कार हत्याको प्रतिबेदन जनतासामु राख्नुपर्ने जोड दिएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा मा जोड दिएका हुन् ।

पूर्वमन्त्री समेत रहेका केसीले पछिल्लो समय देशैभर महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको  अवस्थामा पनि सरकाले शान्तिसुरक्षा दिन नसक्नुले सुरक्षा निकाय प्रति को संस्थागत मर्यादा पनि कमजोर हुँदै गएको बताए ।

उनले निर्मला पन्त बलात्कार र हत्याको छानबिन आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक नहुनुको कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरे।