काठमाडौं, १५ असोज । सत्तारुढ दल नेकपा नेता तथा सांसद महेश बस्नेतले ६६ महिनामा सरकार फेर्ने बानी परेकाहरूले सरकारको आलोचना गरिरहेको आरोप लगाएका छन्।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता बस्नेतले भने,‘सस्तो भए पनि फेरिफेरि लुगा लगाउने मान्छेलाई एक वर्ष टिक्ने लुगा ल्याइदियो भने अपच-अपच हुँदो रहेछ, अब हामीकहाँ ६/६ महिनामा सरकार फेरिरहने, अब यो सरकार फेर्नका लागि लागिरहने खेलाडीहरूलाई के लाग्यो भने फेर्ने बेला भयो, हात चिलाइरा’छ । तर जतिसुकै हात चिलाए पनि यो सरकार फेरिनेवाला छैन।’
पछिल्लो समय सत्तासीन पार्टीकै नेता माधवकुमार नेपालले सरकारविरुद्ध दिएको अभिव्यक्तिबारे नेपालखबरले राखेको जिज्ञासामा यस्तो उत्तर दिएका हुन्।
यस क्रममा उनले माधवकुमार नेपाल नै सरकार फेर्ने अभियानमा लागेको भन्ने आफूलाई नलागेको तर, सरकार फेर्न चाहनेहरूले नेकपाभित्र खेल्न सकिन्छ कि भनेर हात चलाउने गरेको आरोप लगाए।




प्रतिक्रिया