काठमाडौं, १५ असोज । प्राध्यापक डाक्टर गोविन्द केसीले बिनासूचना १६ अौं सत्याग्रह थाल्ने चेतावनी दिएका छन्। केसीले चिकित्सा शिक्षा ऐनलगायत आफूसँग भएका सबै सम्झौता तत्काल कार्यान्वयन नभए सत्याग्रह बस्ने चेतावनी दिएका हुन् ।
संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि डा. केसीले शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा गरे । जवाफमा मन्त्रीले डा. केसीले ब्लाकमेलिङ गरेको आरोप लगाए भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा. केसी मन्त्रालयसँग सम्पर्कमै आउन नचाहेको बताए ।
सोमबार डा. केसीले विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलको आलोचना गरेका छन् । माथेमा आयोगको प्रतिवेदनविपरित प्रावधान राख्न तथा अध्यादेशलाई तोडमोड गरी माफियामुखी ऐन बनाउन भूमिका खेलेको उनको आरोप छ ।




प्रतिक्रिया