‘अनुराग’ देशभरि पहिलो स्थानमा, काठमाडौंमा आज दुई ‘स्पेशल शो’ हुँदै


काठमाडौं, १५ असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुराग देशैभरि अत्यधिक रुचाईएको छ । शुक्रबारबाट अल नेपाल रिलिज भएको अनुरागले दर्शकहरुको राम्रो साथ पाएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार अनुरागसँगै प्रदर्शनमा आएका अन्य चलचित्रहरुभन्दा यो चलचित्रले धेरै राम्रो व्यापार गरेको छ । अनुरागले ओपनिंगमै आक्रमक व्यापार गरेको थियो ।

म्युजिकल लभस्टोरी रहेको चलचित्रलाई युवा पुस्ताले औद्यी रुचाएका छन् । अहिले अनुरागमा समाहित गीतहरुसमेत जनजीब्रोमा झुण्डिन थालेको छ । अनुराग हेर्न नेता, मन्त्री, उद्योगी, व्यापारी, समाजसेवी, विद्यार्थी, कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको छ ।

आज सोमबार अनुरागले काठमाडौंको सिभिल मलमा रहेको क्वि.एफ.एक्स र सिटी सेन्टरमा रहेको बिग मुभिजमा छुट्टाछुट्टै स्पेशल शोको आयोजना गरेको छ ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको  पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

RELATED NEWS:

https://reportersnepal.com/2018/09/275640.html