‘अनुराग’ हरेपछि धेरै भावविह्वल भएँ, झण्डै आँशु झरेन : हरिवंश आचार्य (भडियोसहित)


भुवन केसीले गरे ऋषि धमलाकी पत्नीको तारिफ, चलचित्र उद्योगमा ऋषिजीलाई न्यानो स्वागत छ (भिडियोसहित)
काठमाडौं, १५ असोज । बरिष्ठ कलाकार हरिवंश आचार्यले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग आफूलाई अत्यन्तै राम्रो लागेको बताएका छन् ।

चलचित्र अनुराग हेर्न सिभिल मलस्थित् क्वि.एफ.एक्स हल पुगेका आचार्यले चलचित्र हेरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने,”चलचित्रमा प्रेम कथा रैछ । राम्रो लाग्यो । टेक्निकल्ली स्टोरीपनि राम्रो छ । आँखा प्रत्यारोपणको सन्देश रैछ । मलाई झनै मनपर्यो । म एकैछिन भावुक पनि भएँ । झण्डै आँशु झरेन । एलिजा र समुन्द्रको अभिनय झनै राम्रो लाग्यो । डेब्यु आर्टिष्ट भएरपनि यस्तो बेजोड अभिनय गर्नुभएको छ ।”

उनले चलचित्रको पहिलो सन्देश भनेको नै मनोरञ्जन भएको प्रतिक्रिया पनि दिए । उनले भने,”राजाराम पौडेलले हँसाउनुभएको छ । हिरोको स्कोप राम्रो छ ।”

त्यस्तै उनले चलचित्रमा पत्रकार धमलाले धेरै पैसा खर्चिएकोजस्तो लागेको पनि बताए । उनले नेपालका बिग ब्यानरले अनुरागका नायक नायिकाको काम मन पराएर नयाँ मुभीमा लिने सम्भावना धेरै रहेको सुनाए ।

यद्धपी उनले कथा कस्तो बन्छ ? त्यही अनुसार नै कलाकार लिने सुनाए । उनले भने,”कथालाई हेरेर कलाकार लिने हो । हामी त वर्षमा एउटा वा तीन वर्षमा एउटा फिल्म बनाउँछौं, कथामा उहाँहरु सुट हुनुभयो भने किन नलिने ? ”

त्यस्तै सदावहार नायक एवम् निर्माता भुवन केसीले पनि आफूलाई अनुराग राम्रो लागेको प्रतिक्रिया दिए । उनले भने,”सबैभन्दा पहिला म सत्यराज चौलागाँइ भाई, उनको कामलाई प्रशंसा गर्नुपर्छ । त्यस्तै ऋषि धमलाजी, बरिष्ठ पत्रकार भएरपनि फिल्म उद्योगमा आउनुभएको छ । हामीले उहाँलाई न्यानो स्वागत गर्नुपर्छ ।”

ऋषि धमलाको यो पहिलो प्रयास भएकोले यसलाई आफूहरुले तारिफ गर्नुपर्ने केसीको भनाई छ । उनले भने, “अल द बेष्ट । एलिजाजीले पनि धेरै राम्रो काम गर्नुभएको छ । नयाँ प्रतिभा भएरपनि राम्रो काम गर्नुभएको छ । म उहाँलाई आगामी दिनको सफलताको लागि गुड लक भन्न चाहन्छु ।”

उनले नेपाली चलचित्रको बजार साँच्चिकै फराकिलो बनेको बताए । नयाँ–नयाँ अनुहार भएपनि चलचित्र जगतले एकसे एक सक्षम र प्रतिभावान कलाकारहरु पाएकोमा केसीले गर्व महशुस गरे ।