ऋषि धमलाको चलचित्र ‘अनुराग’ हेर्न रवि लामिछाने कुमारी हलमा (भिडियोसहित)

0
Shares

काठमाडौं, १८ असोज । पत्रकार रवि लामिछानेले ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ हेरेका छन । बिहीबार अपरान्ह कुमारी हल पुगेर लामिछानेले उक्त चलचित्र हेरेका हुन् ।

चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ सञ्चालन गर्दै आएका लामिछानेले पत्रकार धमलाले बनाएको चलचित्र भएकै कारण आफू हेर्न आएको प्रतिक्रिया दिए । सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो ।

पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।