काठमाडौं, १९ असोज । सत्ताढ दल नेकपाभित्रको विवाद साम्य पार्न अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आँफै अग्रसर भएका छन् । ओलीले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट नेता तथा मन्त्रीहरुसँग आन्तरिक छलफल समेत गरेका छन् ।
पार्टीभित्रको आन्तरिक द्धन्द्धको बारेमा ओलीले आफू निकट नेताहरुसँग छलफल गरेपनि अर्का अध्यक्ष प्रचण्डले भने ओलीको तयारीमा साथ नदिने भएका छन् । ओली निकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले एकपटक माधव नेपाल आएपछि छलफल गरौं भन्ने प्रस्ताव राखेका थिए ।
तर कतिपय नेताहरुले सरकारको आलोचना गरेको कुरा गलत ट्रेण्ड बस्यो भन्दै माधव नेपालसँग छलफल नगर्न आग्रह गरेका थिए । यता प्रचण्डले भने सुरुमा अध्यक्षद्धय र नेता नेपालबीच छलफल गर्नुपर्ने सुझाव राखेका थिए ।




प्रतिक्रिया