वामदेव–ओली, ओली–प्रचण्ड र वामदेव–प्रचण्डबीच छुट्टाछुट्टै वार्ता हुँदै

0
Shares

काठमाडौं, २४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउन वा नलडाउने भन्नेबारे निर्णय लिन आज पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टाछुट्टै भेटवार्ता हुँदैछ ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारी अनुसार उक्त क्षेत्रका निर्वाचित सांसद रामवीर मानन्धरले राजिनामा दिने चर्चा चलेसँगै पार्टीभित्र र बाहिर दुवैतिर चर्चा र विभिन्न टिकाटिप्पणी भएकोले दुवै अध्यक्ष गौतमलाई चुनाव लडाउने पक्षमा देखिएका छैनन् ।

आजै यस विषयमा नेता गौतमसँग ओली र प्रचण्डले छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । दुवै अध्यक्षले गौतमसँग बेग्लाबेग्लै सल्लाह गर्ने बुझिएको छ । त्यसपछि दुवै अध्यक्ष बसेर एउटा निश्कर्ष निकाल्ने नेकपा स्रोतले जनायो ।