प्रचण्डको घोषणा : ‘योगेश भट्टराईलाई अब मन्त्री बनाउँछु’

0
Shares

काठमाडौं, २४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रभावशाली नेता एवम् सांसद योगेश भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका छन् ।

बुधबार पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा भेटीपाती व्यवस्थापन समिति, श्री पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्ध समिति र सांसद योगेश भट्टराइे संयुक्त रुपमा पाथीभरा सद्भावना दुत परिचयपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले चुनाव जिताएर पठाउनुहोस म मन्त्री बनाउँछु भनेर भन्नुभएकै हो । तर, विविध कारणले बनाउन बनाउन सकिएन । एक दिन उहाँ मन्त्री बन्नुहुन्छ । म विश्वास दिलाउन चाहन्छु ।’