काठमाडौं, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आलोचना गरेका छन् । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल वरपर वन कटान गर्न लागिएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
अध्यक्ष राणाले निजगढमा अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेपनि विनाविकल्प वन फडानी नगर्न सरकारलाई सुझाव पनि दिए ।
दसैं, तिहार, छठ लगायतका चाडपर्वको अवसर पारेर राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल वरपरको लाखौं रुख कटान गर्ने हो भने सरकारले चुरेको माथिल्लो क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने आवश्यकता औंल्याए ।




प्रतिक्रिया