काठमाडौं, ३० असोज । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार काम गर्न नसक्ने ठोकुवा गरेका छन् ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘ओलीजीले जनताको पक्षमा काम गर्न सक्नुहुँदैन् । उहाँले कुनै सुरसार देखाउनुभएन् ।’
त्यस्तै उनले वर्तमान सरकारमा आन्तरिक द्धन्द्ध रहेको पनि सुनाए । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि अहिले टकराव रहेको सुनाए । उनल भने,‘प्रचण्ड सत्ताका खेलाडी हुन् । उनले वामदेजीलाई साथ लिएर ओलीजीलाई हटाउने गेम खेल्छन् ।’
उनले सत्तामा चलखेल गर्न प्रचण्ड सिपालु रहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘त्यसैले प्रचण्डजीले कुनैपनि बेला ओलीजीलाई चेन्ज गर्न सक्छन् ।’
फरक प्रसँगमा भट्टराईले आफू नेकपा वा कांग्रेस कुनैपनि पार्टीमा नजाने जिकिर गरे । उनले भने,‘म कुनै पार्टीमा जाँदिन् । यो देशको विकास र समृद्धि गर्ने भनेको नै नयाँ शक्ति पार्टीले नै हो । आगामी ५ वर्षभित्र नयाँ शक्तिले आर्थिक क्रान्ति गर्छ ।’
नेता भट्टराईले मुुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति निर्वाचित शासन प्रणाली नहुञ्जेलसम्म देशको विकास नै हुन नसक्ने पनि ठोकुवा गरे । उनले भने,‘अबको एकमात्रै एजेण्डा भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन प्रणाली बनाउनुपर्छ । संसदबाट निर्वाचित प्रधानमन्त्रीले देशको विकास गर्न सक्दैन् ।’




प्रतिक्रिया