काठमाडौँ नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले मोरङस्थित आफ्नो निवासमा परिवारका सदस्यहरूसँग हर्षोल्लासका साथ दशैँ मनाएका छन्।
दशैँको शुभ अवसरमा उनले आफ्ना बुवा लोकनाथ न्यौपाने र आमा होमादेवी न्यौपानेको हातबाट टीका तथा जमरा ग्रहण गरेका हुन्।
टीका ग्रहणका क्रममा उनकी श्रीमती इन्दिरा शर्मा बराल, छोरी सोइना शर्मा र छोरा ईशान शर्मा पनि सहभागी थिए। परिवारका सदस्यहरूबीच आपसी प्रेम, सद्भाव र आत्मीयताका साथ दशैँको खुसी साटासाट गरिएको थियो।





प्रतिक्रिया