काठमाडौं, ३१ असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत परियोजना चिनियाँ कम्पनी गेजुवाले बनाउनै नसक्ने ठोकुवा गरेका छन् ।
आज राति प्राईम टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । उनी सुरुदेखि नै गेजुवाले बनाउन नसक्ने पक्षमा उभिएका छन् । सरकारले तत्काल उक्त निर्णय फिर्ता लिनुपर्ने उनको भनाई छ ।




प्रतिक्रिया