काठमाडौं, १ कार्तिक । कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको छ।
आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् ।
प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुन्छ।
प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो ।




प्रतिक्रिया