रामचन्द्र पौडेल र कृष्ण सिटौलाविरुद्ध यसरी खनिए निधि

0
Shares

काठमाडौं, ५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध खनिएका छन् ।

उनले वरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाका कारण कांग्रेस केन्द्रीय समितिको बैठक बस्न नसकेको आरोप लगाएका छन्।सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै निधि र कोइरालाले यस्तो बताएका हुन्।

निधिले मुख्यगरी रामचन्द्र पौडेल कहिले युरोप जाने, कहिले भारत जाने गरेका कारण बैठक बस्न नसकेको दाबी गरे। उनले अघि भने,‘रामचन्द्र पौडेल र सिटौलाजीको कारणले केन्द्रीय समितिको बैठक नबसेको हो, कहिले युरोप जानुहुन्छ कहिले भारत जानुहुन्छ।’