काठमाडौं, ६ गते । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई दिने भ्रमणको लागि आउने शुक्रबार नयाँ दिल्ली उड्ने भएका छन् । ईण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिनेको लागि प्रचण्ड भारत दिल्ली जाने भएका हुन् ।
फाउण्डेशनका महासचिव राम माधवको निमन्त्रणमा उनी भारत जाने भएका हुन् । प्रचण्ड दिल्लीमा २६ र २७ तारिख रहने भएका छन् । दिल्लीमा रहँदा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बुझिएको छ । यसअघि प्रचण्डले एक महिना अघिमात्रै भारतको भ्रमण गरेका थिए । प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




प्रतिक्रिया