काठमाडौं, ९ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिल्ली प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड बिहान ८ बजे दिल्ली प्रस्थान गरेका हुन् ।
उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधव रहेका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।
प्रचण्ड आजै साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । भारतमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने चाहना राखेका थिए ।
तर, मोदीको व्यस्तताका कारण उनी आज मोदीलाई नभेटी काठमाडौं फर्कने बुझिएको छ । नयाँ दिल्लीमा रहँदा उनले फाउण्डेशनका अध्यक्ष राम माधव, अर्थमन्त्री अरुण जेट्लीलगायतलाई भेट्नेछन् ।




प्रतिक्रिया