काठमाडौं । आज कात्तिक १० गते । हरेक महिनाको १० गतेलाई पीडित परिवार, अधिकारकर्मीले मात्रै होईन, नेपाली पत्रकारीता जगतले स्मरण गरिरहने छ । एउटी विपन्न वर्गकी छोरीको बलात्कारपछि हत्या भएको गतेको रुपमा । वर्ष पुगेपछि दिनको रुपमा । न्यायको भिखमाग्दा माग्दै ९० दिन वितेको विडम्बनाको रुपमा ।
के साच्चै गरिव, विपन्न वर्गका मानिसको लागि न्याय मरेकै हो ? के हाम्रो देश हुने खाने र हुदा खानेको रुपमा विभाजित भईसक्यो ? तिर्खा लागेको बेला भेटिएको पानि, भोक लागेको बेलामा प्राप्त गरिएको भोजनको स्वादको बारेमा भन्नुपर्छ र ?
गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको ठिक तीन महिना पुगेको छ । तर अझसम्मपनि सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाउन सकेको छैन् । निर्मला पन्त हत्यापछि देशमा थेप्रै घटनाहरु भए । प्राय दोषीलाई प्रहरीले पक्राउ गर्न सफल भएपनि निर्मलाका हत्यारालाई पक्राउन गर्न असफल रह्यो ।
भीमदत्त नगरपालिका २, उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ महिना बित्दापनि अपराधी पत्ता नलाग्नु रहस्यको विषय बनेको छ । घटनाका ९० दिन आन्दालेन र अनुसन्धानमा वितेका छन् । यसबीचमा सरकारी र गैर सरकारी संघसंस्थाले स्थलगत रुपमा तयार पारेका प्रतिवेदनहरु सार्वजनिक भए । ती प्रतिवेदनहरुले आमा मानिसले जानेका र सुनेका विषयभन्दा गहिराईको विषयलाई बाहिर ल्याउन असफल भए ।
पीडितलाई न्याय दिनुको साटो घटना झन् झन् रहस्यमय बन्दै गएको छ । न्यायको आस र भरोसामा रहेका निर्मलाका बाबाआमा र आफन्तमात्रै होईन उनको न्यायको लागि देशभर आन्दालेनमा उत्रेका अधिकारवादीहरु, पत्रकारहरु विस्तारै निराशको बाटोमा पुगेका छन् भन्दा अन्यथा हुँदैन ।
सरकारले तीन महिनामा निर्मला हत्या प्रकरणको छानविन प्रक्रियमा लाप्रवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त गरिसकिएको छ ।
निर्मला पन्तका बाआमाले दुईजनालाई बर्खास्त गरेर हामीलाई भुलाउन खोजिएको त होइन ? भन्ने प्रश्न समेत गरेका छन् । कसैलाई निलम्बित गरियोस् वा बर्खास्त, गरियोस् आफूलाई न्याय चाहिएको पीडित परिवारले बताएका छन् । पीडित परिवारले छोरीका हत्याराको पहिचान गरि कानून अनुसार कारवाही गर्न फेरिपनि माग गरेका छन् ।
निर्मलाका बुबा यज्ञराजले एसपी र इन्स्पेक्टरलाई बर्खास्त गरेर वास्तविक अपराधी जोगाउने षड्यन्त्र गरिएको आरोप लगाएका छन् । भनेले भनेका छन्, ‘अब छोरीको हत्यारा पत्ता लाग्ने आस छैन, न्याय पाउनै कठिन भयो।’
अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि विभागीय मात्र नभई कानुनी कारबाही गरिनुपर्ने सार्वजनिक रुपमा माग उठेको छ । पन्तकी आमा दुर्गादेवीले गरिब र विपन्नले न्याय पाउँदैनन् भन्ने सुनेकी बताउदै आफूले अहिले भोगिरहेकी बताइएकी छन् ।
९० दिनमा नाटक र यर्थात
वर्तमान सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले बारम्बार दोषीलाई कानूनी कठघरामा उभ्याउने वचन दिएपनि ९० दिनको समय अवधिमा कुराको चुरो पत्ता लगाउन सकेनन् । सरकारी तवरबाट बनेको अनुसन्धान समितिका सदस्य वीरेन्द्र केसीले निर्मलाका हत्यारालाई सार्वजनिक गर्न खोज्दा आफ्नो जीवन खतरामा रहेको भन्दै राजिनामा दिए ।
हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गरेका सदस्य केसीले दुईपछि फेरि काममा फर्केको घोषणा गरेका थिए ।
गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ सात गते गठन गरेको ५ सदस्यीय छानविन समितिका सदस्य तथा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट छानविन समितिमा प्रतिनिधित्व गरेका वीरेन्द्रबहादुर केसीले फेरि काममा फकिएएको घोषणा गरेका थिए ।
केसीको राजिनामाले अनेकन शंकाहरु उठेका थिए । निर्मलाका हत्यारा पत्ता लाग्छ, प्रहरी अन्तीम चरणमा पुगिसक्यो जस्ता आशंकाहरुकाबीच ९० दिन बितेका छन् । केसीको राजिनामा र बर्खास्तीलाई सरकारले चालेको रणनीति भन्न थालिएको छ ।
विभागिय कारबाही पछि बर्खास्त गरिएका एसपी बिष्टले आगामी दिनमा हत्या प्रकरणका बारेमा के बोल्छन् त्यो पतिक्षाको विषय बनेको छ । कतिले त विष्टले तात्कालिन समयको वास्तविकताबारेमा बोल्नुपर्ने माग समेत गरेका छन् । प्रहरी प्रशासन, बम दिदी बहिनी भन्दा पर पुगेर अनुसन्धान थालिएको छैन् । पन्तका हत्यारा पत्ता लगायउ सरकार असफल जस्तै प्रमाणित बनेको छ ।




प्रतिक्रिया