ओली नआएको मौका छोप्दै प्रचण्डले चियापानमा के भने ?

0
Shares

काठमाडौँ, १० कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताएका छन्।

शनिबार भृकुटीमण्डपको बगैंचामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै प्रचण्डले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सन्दर्भमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताएका छन्।

मुलुक नयाँ युगतिर जाने भनेर संविधानमा नै उल्लेख गरिएको स्मरण गर्दै उनले सांस्कृतिक पर्वले समाजमा जीवन्तता प्रदान गर्ने उल्लेख गरेका छन्। चियापान समारोहमा नेताहरु माधवकुमार नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल, सुवास नेम्वाङ, पम्फा भुसाल, रामबहादुर थापा लगायतको उपस्थिति छ।