नेकपाको चियापानमा जे देखियो, देउवा आउँदा प्रचण्ड मख्ख (फोटोफिचर)

0
Shares

काठमाडौँ, १० कात्तिक । विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना भएको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका व्यक्तित्वहरुको सहभागिता रह्यो ।

अतिथिहरुलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’लगायत शीर्ष नेताहरुले अतिथिको स्वागत गरेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो ।

चियापानमा करीब ५० हजार जनालाई निम्ता दिइएको बताइएपनि २० हजारलाई मात्रै नास्ता तयार गरिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे