काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अहिले सुधार भएको छ । रूघाखोकीसँगै ज्वरोले बिरामी परेका प्रधानमन्त्री ओलीको छातीमा संक्रमण भने नदेखिएको चिकित्सकले बताएका छन्।
प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका चिकित्सकले ज्वरो आएको भएपनि छातीमा संक्रमण नदेखिएको बताएका छन् । तर, चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई अझै तीन दिन आराम गर्न सुझाव दिएका छन् ।

आज अपरान्ह ३ बजे क्याबिनेटमा प्रधानमन्त्री एक छिनको लागि उपस्थित हुने पनि प्रधानमन्त्रीनिकट उच्च स्रोतले जानकारी दिएको छ।




प्रतिक्रिया