तस्विरमा हेर्नुहोस राष्ट्रपति भण्डारीको कतार प्रस्थान, उपराष्ट्रपतिद्धारा बिदाई

0
Shares

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् । भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले विदाई गरे ।

अस्वस्थ भई अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको विदाई समारोहमा सहभागी हुन सकेनन् । राष्ट्रपति भण्डारीलाई विदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे