गौचनको हत्यामा संलग्न मुख्य सूटरसहित तीन जना पक्राउ (तस्विरसहित)

0
Shares

काठमाडौं, १२ कात्तिक । प्रहरीले निर्माण व्यवसायी शरदकुमार गौचनलाई गोली हानी हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अभियूक्त अमर रानामगर नै शरदका मूख्य सूटर थिए । तीनै जना अभियुक्तलाई प्रहरीले आजै सार्वजनिक गर्ने भएको छ । यसअघि जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ ।

अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशमा राजकुमार साह रौनियार र श्याम गुप्तालाई धरौटीमा रिहा भइसकेका छन् ।

गौचनको २०७४ साल सोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो । यसअघि गौचनको हत्या अभियोग लागेका रुपन्देहीका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे