कात्तिक १३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भण्डारीले भने,“संसारमा यति अराजक र भ्रष्ट कहीँ पनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।”
नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुन नसकेको भण्डारीको तर्क थियो । “नेतामा लगाब भएन । राष्ट्रवादी नेता कोही पनि छैनन् । सफल हुनका लागि ऋषि धमलामाजस्तो ईच्छाशक्ति र मिहिनेत हुनुपर्छ ।” भण्डारीले भने ।
नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काम मात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।




प्रतिक्रिया