काठमाडौं, १४ कात्तिक । रश्मिला प्रजापतिले वर्तमान प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले तत्काल राजिनामा दिनुपर्ने बताएकी छिन् । स्थापितले आफूलाई यौनदुव्र्यवहार गरेको गम्भिर आरोप लगाएकी छिन् । प्रजापतिले यसबारे सामाजिक संजाल फेसबुकमा पहिलो पटक उक्त कुरा सार्वजनिक गरेकी थिईन् ।
मंगलबार प्राईम टाईम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । उनका अनुसार बिदा भएपछि, विशेष गरी शुक्रबारको दिन बिदामा घुम्न जाउँ भन्ने गर्थे स्थापितले र नमानेपछि प्रमोशनको कुरा गर्नुछ भन्थे । तर त्यसको ठाडै अस्वीकार गर्थिन उनी फलस्वरुप उनलाई उनैले निर्णय गरेर हटाइदिए । जतिबेला ५०/६० जना आफू जस्तै अस्थायी जागिरे भए पनि आफूलाई मात्र हटाएको उनको भनाइ छ ।
संचारकर्मीर अधिकारकर्मीसमेत रहेकी प्रजापतिले जतिबेलाको घटना अहिले बताएकी हुन् । जुन बेला उनी काठमाडौं महानगरपालिकामा शाखा अधिकृत थिइन् । उनले २०५४ देखि ६० सालसम्म महानगरमा अस्थायी जागिर खाइन् ।




प्रतिक्रिया