महतो हत्या प्रकरण : दोषीलाई कारवाही नगरे आन्दोलन गर्ने निधिको चेतावनी

0
Shares

काठमाडौं, १४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सर्लाहीको रामनगर घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही नगरे काँग्रेसले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार नेकपासँगको झडपमा काँग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएपछि बुधबार मलंगवा पुगेका निधिले भने,‘बद्नियत र दुरासयपूर्ण नियतले कम्युनिस्ट कार्यकर्ताहरुले रामविलास महतोको हत्या गरेका हुन् । घटनाप्रति नेपाली काँग्रेस गम्भिर छ । जुनसुकै पार्टीका भएपनि कडा कारबाहीका लागि स्थानीय, प्रदेशदेखि केन्द्रीय सरकारसँग काँग्रेस जोडदार माग गर्दछ।’

उनले रामविलासलाई शहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार र खर्च व्यवस्था तथा अपराधीलाई तत्काल पक्राउ गर्न सरकारसँग माग समेत गरेका छन् ।