संगठन सुधारको योजना थालिएको छ : प्रहरी प्रवक्ता सुवेदी (भिडियोसहित)

0
Shares

काठमाडौं, १४ कात्तिक । नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी उत्मराज सुवेदीले संगठन सुधारको योजना थालिएको बताएका छन्। उनले संगठन आन्तरिक सुद्धिकरणको प्रयास थालिएको जनाए ।

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनभित्र रहेका एक व्यक्तिको गल्तीले पूरै संगठनको बदनाम हुने वातावरण सृजना भएको पनि गुनासो पोखे ।

एसएसपी सुवेदीले भने,’एक अमुक व्यक्तिको गल्तीले संगठन नै बदनाम हुने अवस्था आयो। व्यक्तिको गल्तीलाई संगठनले गरेको गल्तीको रूपमा नहेरि दिनुहोला।’ एसएसपी सुवेदीले संगठन नै बदमास नभएर व्यक्ति मात्र बदमास भएको भन्दै संगठनको बचाउ गरेका थिए। उनले भने,‘संगठनभित्र रहेर कुनै व्यक्तिले गलत गरे त्यस्ता व्यक्तिलाई कारबाही गर्छौं।’

गैरव्यवसायिक काम गर्ने प्रहरी कर्मचारीलाई गधाको संज्ञा दिँदै त्यस्ता व्यक्तिलाई हटाइने पनि उनले चेतावनी दिए । उनले अघि भने,‘सङ्गठनभित्र छिरेका सबै गधा गाई नहुन सक्छन्, गधाको रूपमा छिरेका व्यक्तिलाई सङ्गठनले लुकाउने छिपाउने गरेको छैन। गधाको पहिचान गरी हटाइएको छ। कारबाही भएका छन्।’

तस्विर : मुकुन्द कालिकोटे