मन्त्री स्थापित एकाएक नरम भए, मुख्यमन्त्रीसँग मिलेर जाने प्रतिबद्धता

0
Shares

हेटौँडा, १६ कात्तिक । प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताएका छन् ।

शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गरेका हुन् ।