“मन्त्रीहरुले काम गरे कि गरेनन् भनेर प्रधानमन्त्रीले मुल्यांकन गरिरहनुभएको छ “
काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले वर्तमान सरकारका मन्त्रीहरुले काम गरेका छन् कि छैनन् भनेर प्रधानमन्त्रीले मुल्यांकन गरिरहेको स्पष्ट पारेका छन् ।
मंगलबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन ” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले यस्तो खुलासा गरेका हुन् । प्रधानमन्त्रीले यसअघि नै मन्त्रीहरुलाई टाईमलाईन दिएर यी कामहरु सम्पन्न गर्न निर्देशन दिएको सुनाउँदै अब मंसिरको पहिलो हप्ता बस्ने चौमासिक बैठकमा त्यसको समिक्षा गर्ने रिमालले जनाए ।
अबको डेढ महिनापछि सिंहदरबारभित्र एक्शन रुम नै पाउने उनले खुलासा गरे । उनले भने,”त्यो एक्शन रुमबाट तपाईहरुको जस्तै टेलिभिजनले जस्तो मोनिटरिंग गर्न थाल्नुहुन्छ । त्यो योजनामा छौं ।”




प्रतिक्रिया