नेकपा सचिवालयमा ओली एक्लो बने, अन्य सदस्य प्रचण्डको पक्षमा !


काठमाडौं, २९ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा अध्यक्ष केपी शर्मा ओली एक्लो बनेका छन् । ९ सदस्यीय सचिवालयमा अहिले नयाँ समिकरण बनेको नेकपानिकट उच्च स्रोतले जनाएको छ ।

सचिवालयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा नयाँ समिकरण बनेको छ । प्रचण्डलाई सचिवालयमा रहेका नेता झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, माधव नेपाल र विष्णु पौडेल देखिएका छन् । तर, विष्णु पौडेल भने अहिले नै खुलेर प्रचण्डको पक्षमा उभिएका छैनन् ।

सचिवालय सदस्य ईश्वर पोखरेलले भने ओलीलाई साथ दिन सक्ने बुझिएको छ । अहिलेको नयाँ समिकरणअनुसार ओली एक्लो बनेका छन् । र, पोखरेल भने बीचमा छन् ।

अब बस्ने सचिवालय बैठकमा नेता वामदेवको पक्षमा वामदेव गौतमलाई साथ दिने प्रचण्ड पक्षका सदस्यहरुले बचन दिएका छन् । तर, ईश्वर पोखरेलले भने ओलीलाई साथ दिने स्रोतको दाबी छ । नेकपा सचिवालय बैठक अब मंसिर पहिलो साता बस्ने बुझिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली विरामी भएपछि सचिवालय बैठक बस्न सकेको थिएन । अब प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भैसकेका छन् । बैठक अब चाँडै बस्ने पार्टीले जनाएको छ ।