काठमाडौं, १ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न नसकेको भन्दै तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनमा “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
उनले आफू अरु नेतासँग मिलेर पार्टीभित्र कुनै गठबन्धन बनाउने पक्षमा नरहेको पनि स्पष्ट पारे । पार्टीभित्र सही नीति र सिद्धान्त बनाउनको लागि आफूले सबै नेतासँग कुराकानी गर्नेपनि खनालले जनाए । नीति, कार्यदिशा र सिद्धान्तसँग जो नेतासँग मेल खान्छ उनीहरुसँग आफ्नो स्वतः सहमति र एकता हुने पनि उनले स्पष्ट पारे ।




प्रतिक्रिया