काठमाडौं, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामहरुका कारण मुलुक अघि बढ्न नसकेको आरोप लगाएका छन् ।
सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले यस्तो आरोप लगाएका हुन् । उनले भने,”यो सरकारका कामबाट जनता खुशी भएका छैनन् । जनता निराश भएका छन् । यसो भन्दा के को षडयन्त्र हुन्छ ? मैले त कारणसहित भनेको छु ।”
भाषणले जनताको भान्छामा भात पाक्ने भए, भाषणले आम मान्छेको स्वास्थ्य उपचार हुन भए, भाषणले शिक्षाको प्रबन्ध हुने भए र भाषणले ने देशको विकास हुने भएको भए त आज नभएर देश पञ्चायतकै बेला विकसित भैसकेको हुन्थ्यो भन्ने नेता लेखकको तर्क छ ।




प्रतिक्रिया