Logo

पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २/२ रुपैयाँ घट्यो



काठमाडौं, ३ पुस। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ । अब पेट्रोल लिटरको ११० र डिजेल तथा मटि्टतेल लिटरको ९७ रुपैयाँ पर्छ ।



प्रतिक्रिया दिनुहोस्