Logo

‘मुलुकको आर्थिक विकासका लागि प्रधानमन्त्रीले सम्मेलनमा आवाज उठाउनुपर्छ’



काठमाडौँ,४ माघ । स्वीट्जरल्याण्डका लागि पूर्व नेपाली राजदूत डा. शम्भुराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भएपनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन । विश्वका अरु मुलुकबाट पाठ सिकेर नेपालले विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाई रहेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालको प्रधानमन्त्री पहिलोपटक सम्मेलनमा सहभागी हुन जाँदै हुनुहुन्छ,यो खुशीको कुरा हो ।’

सिम्खडाले प्रधानमन्त्रीको भनाई र गराईमा फरक देखिन नहुने धारणा राखे । उनले भने,‘भनाई र गराईमा एकरुपता हुनुपर्छ ।’ त्यस्तै उनले नेपालले कुटनीतिक क्षेत्रमा आफ्नो परिपक्वता देखाउनुपर्ने पनि धारणा राखेका छन ।



प्रतिक्रिया दिनुहोस्