Logo

बाबुरामले फेरी उठाए प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली



रामेछाप, २२ माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने दावी गरेका छन ।

जनसंवाद अभियानअन्तर्गत रामेछापको सदरमुकाम मन्थली आएका डा भट्टराईले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको बताए । उनले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक भएको उल्लेख गरे ।

राज्यसत्ता चुनाव गर्ने र बीचका बिचौलियाले कमिसन खाने र फेरि सत्तामा जाने गोलचक्करमा फसेकाले त्यसबाट बाहिर निस्कन पुरानो संरचना तोड्नुपर्ने उनको भनाई थियो ।

भट्टराई जनसंवाद अभियानअन्तर्गत पूर्व पाँचथरको चिवा भञ्ज्याङदेखि मध्यपहाडी लोकमार्ग हुँदै नवौँ दिनका दिन रामेछाप पुगेका हुन् । एकमहीने अभियानमा निस्किएका भट्टराई बैतडीको झुलाघाटसम्म पुग्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्