काठमाडौं, १५ फागुन । हेलिकप्टर दुर्घट्नामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले ज्यान गुमाएका छन् । उनी सवार हेलिकप्टर दुर्घट्ना हुँदा ७ जनाको निधन भएको थियो ।
तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ पुगेका थिए । उनले कार्यक्रमलाई निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरेका थिए । विहान १० बजेतिर कार्यक्रम स्थलमा पुगेका थिए ।
यस्तो छ मन्त्री अधिकारीको अन्तिम सम्बोधन :
“देशैभर बन्द रहेका एअरपोर्ट सञ्चालन भइरहेका छन्। अन्तर्रा्ष्ट्रिय विमानस्थल पनि बनाउँदै छौँ । यहाँ पनि एअरपोर्ट बनाउने हो । म त्यसैका लागि यहाँ आएको छु।” ‘यो ठाउँ हाम्रो मन्त्रिमण्डलको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको जन्मस्थल भएर मात्रै पनि होइन, यो ठाउँ उपयुक्त स्थान भएकाले पनि एयरपोर्ट बनाउने विषयमा छलफल भएको थियो । उहाँले डिटेल अध्ययन गर्नुस् भन्नुभयो । अध्ययन प्रतिवेदनको अध्ययनपछि मलाई आफैं गएर चुहान डाँडा हेरेर आउनुहोस् भन्नुभयो । त्यसपछि स्थलगत अध्ययनमा आएका छौं ।’




प्रतिक्रिया